निःशुल्क स्वास्थ्य विमा


जेठ १७, दैलेख
जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । ११ वटा वडा रहेको नारायणमा हालसम्म मानिसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ जना परिवारका १ हजार ८५ जनाको स्वास्थ्य विमा गरिएको हो ।
नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा विनीयोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समयामा परेका १ सय ८९ परिबारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य विमा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।
विनीयोजन बजेटबाट उनीहरु सहित परिवारको निःशुल्क विमाका लागि ७ लाख ५४ हजार ६ सय रुपैया खर्च भएको स्वास्थ्य शाखा प्रमुख खड्काले बताए । उनले नारायण ५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श गर्ने गरिएको बताए ।
मानसिक स्वास्थ्य समस्यामा परेका व्यत्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनीहरुसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बिमा गरिएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए ।
नगर प्रमुख शर्माले नगरपालिकाका बासिन्दाहरूमा पछिल्लो समय मानसिक समस्या हुने नागरिकहरू बढ्दै गएको नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्ताले सेवा दिइरहेको बताए । उनले आगामी दिनमा पनि यस्ता प्रकारका नागरिक लक्षित कार्यक्रमहरुलाई नगरपालिकाले निरन्तरता दिने बताए ।
स्वास्थ्य विमा बोर्ड दैलेखका संयोजक बिनोद शर्माले मानसिक समस्या भएका एक हजार ८९ घर परिवारका एक हजार ८५ जना र अन्य १६ हजार ३ सय ३० जनाले स्वास्थ्य विमा गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार